नेपालमा थप ९ जनामा कोरोना संक्रमण‚ संक्रमितको संख्या ५१६ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, ९ जेठ

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौं‚ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ धरान र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र‚ हेटौंडामा गरिएको परीक्षणअनुसार ९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

संक्रमण पुष्टि हुनेहरूमा हेटौंडा-३ मकवानपुर निवासी ५४ वर्षीया महिला‚ भक्तपुर निवासी ४२ वर्षीया महिला‚ सप्तरी बलान बिहुल गाउँपालिका निवासी ३५ वर्षीय पुरूष‚ बारा सिमरनगढ निवासी २२‚ २७‚ ३०‚ ३४‚ ३८ र ४५ वर्षीय पुरूष रहेको विज्ञप्तिमा उल्लेख छ।

संक्रमित सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ।

Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *