भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, ८ जेठ

भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको धक्का महसुश गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको बताए ।

उनले यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताए ।

बिहान ८ बजेर १६ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौं उपत्यकामा सामान्य महसुश भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *