कोरोना संक्रमितको संख्या ५१ लाख नजिक, उपचार पछि निको हुने २० लाख नाघ्यो

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, ८ जेठ

विश्वभर फैलिएको कोरोना भाईरस संक्रमितको संख्या ५१ लाख नजिक पुगेको छ । तथ्याङ्क अनुसार हालसम्म २१३ देशमा कुल ५० लाख ८५ हजार ५०४ जनामा संक्रमण देखिएको छ । उपचार पछि निको हुनेहरुको संख्या भने २० लाख २१ हजार ६६६ जना रहेको छ । त्यस्तै मृत्यु हुनेको संख्या ३ लाख २९ हजार ७३१ जना रहेको छ ।

हालसम्म अमेरिकालगायत १२ ओटा देशमा १ लाख भन्दा बढी संक्रमित रहेका छन । अमेरिकामा मात्रै १५ लाख ९१ हजार ९९१ जना संक्रमित रहेका छन । त्यस्तै रसियामा ३ लाख ८ हजार ७०५, ब्राजिलमा २ लाख ९३ हजार ३५७, स्पेनमा २ लाख ७९ हजार ५२४, बेलायतमा २ लाख ४८ हजार २९३, इटाली २ लाख २७ हजार ३६४, फ्रान्स १ लाख ८१ हजार ५७५, जर्मन १ लाख ७८ हजार ५३१, टर्कि १ लाख ५२ हजार ५८७, इरान १ लाख २६ हजार ९४९, भारत १ लाख १२ हजार २८ र पेरुमा १ लाख ४ हजार २० जना संक्रमित रहेका छन् ।

त्यस्तै सबै भन्दा बढी मृत्यु हुने देशहरुमा अमेरिकामा ९४ हजार ९९४, रसिया २ हजार ९ सय ७२, ब्राजिल १८ हजार ८९४, स्पेन २७ हजार ८८८, बेलायत ३५ हजार ७०४, इटाली, ३२ हजार ३३०, फ्रान्स २८ हजार १३२, जर्मन ८ हजार २७०, टर्कि ४२ सय २२, इरान ७ हजार १८३ र भारतमा ३४ सय ३४ जनाको मृत्यु भएको छ ।

नेपालमा भने हालसम्म ४४४ जना संक्रमित रहेका छन भने उपचार पछि निको भएर घर फर्कनेको संख्या ४५ जना रहेको छ । त्यस्तै कोरोनाकै कारण नेपालमा ज्यान गुमाउनेको संख्या भने २ जना रहेको छ ।

Read more at: http://www.bizkhabar.com/featured-post/77816.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *