कृृृषि नै मुख्य पेसा

समाचार

रोसना लैबा
भक्तपुर, २४ असार


भक्तपुर– साखुको सङ्खरापुर–९ सानागाउँका बासिन्दाका पेसा कृिष रहेको छ । लगभग ८२ वटा घर रहेको सानो बस्तीमा मानिसहरु बाह्रै महिना कृषिमा सामेल हुने र कृषिले नै हाम्रो जिवितकोपार्जन हुने त्यहाकाँ बासिन्दा प्रकाश श्रेष्ठले बताए ।
श्रेष्ठले भने “हामीलाई आवश्यक पर्ने बीउ , औषाधि हामी चावहिलबाट ल्याउछांै ।” त्यसैगरी त्यहाँका कृषक अविनास श्रेष्ठले भने “हामी वर्षको दुई पटक आलु र गोलभेदा रोप्छौ अनि अरु बाली चाहिँ धान र गहुँ लगाउछौँ तथा बेलामा सागपात लगाउछौँ ।” एक रोपनी बराबर आलु दुई पटक रोप्दा लगभग रु.७०,००० आम्दानी हुने गर्दछ र त्यसको लागी बीउ, औषधि र मल गरी लगभग रु.१५,००० खर्च हुने अविनासले बताए । उनीहरुका अनुसार उत्पादन भएका तरकारी बेच्न उनीहरु कालीमाटी लान्छन् र एक दुई बोरा आलु अर्को बालीको लागी थाती राख्छन् । उक्त गाउँको एक शिक्षकले भने, “यताका प्राय युवाहरु खेतीमा संलग्न छन् किनभने पढाईको कमी र अन्य क्षेत्रको कला र दक्षताको कमीका कारण अरु ब्यवसायमा संलग्न हुन नसकेको हो ।”त्यति मात्र नभई त्यहाँका अधिकांस विधार्यीहरु उच्च शिक्षाका लागी गाडी चढेर चावहिल अथवा काठमाडौका विभिन्न विकास मुलुक क्षेत्रमा जानुपर्ने बाध्यता रहेको छ । जस्को कारण उनीहरुको बचेको समय पनी गाडीमा बित्ने भएकाले उनीहरुलाई समय बिताउन कठीन हुन्छ । यसको कारण उनीहरु कलेजको ज्ञान मुलक काममा संलग्न हुनु भन्दा घरमै बसी आमाबुबालाई कृषिमा सहयोग गरिदिन्छन् । यसले उनीहरुको कृषि प्रति झन झकाव बढाएको देखीन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *