भारतीय हस्तक्षेप विरुद्ध युवा विद्यार्थीको र्‍याली

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, २८ बैशाख

तस्विरः प्रेम प्रजापति

नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघको संयुक्त आयोजनामा हालै भारतले नेपाली भूमि लिपुलेकमा सडक बनाएको विरोधमा कमलविनायकबाट सूर्यविनायकसम्म र्‍याली गरेको छ । उक्त विरोध र्‍यालीमा देशभक्ति नेपालीहरुको सहभागिता रहेको थियो ।

तस्विरः प्रेम प्रजापति

प्रहरी हस्तक्षेप गर्न खोजेपनि त्यसलाई थिचोलेर व्यग्र रुपमा निस्किएको उक्त र्‍यालीमा भारतीय हस्तक्षेप बन्द गर, कालापानी हाम्रो हो, लिपुलेक पनि हाम्रो हो, भारतीय विस्तारवाद मूर्दावाद, नेपाल मजदुर किसान पार्टी जिन्दावादलगायतका नाराहरु लगाएको थियो ।

तस्विरः प्रेम प्रजापति

र्‍यालीको शुरुमा नेपाल क्रान्तिकारी युवा संघका मिन बहादुर बाटाले सरकारको लाचारीपनका कारण यस्तो कोरोना संक्रमणको स्थितिमा पनि देश बचाउनका लागि जनता उठ्न बाध्य भएको बताए । त्यसतै र्‍यालीको समापनमा नेपाल क्रान्तिकारी विद्यार्थी संघका सविन ख्याजूले जहिले पनि सरकार भारतीय विस्तारवादसमक्ष झुकिरहेको स्मरण गराउँदै उनले सरकार झुके पनि न्यायप्रेमी जनता नझुक्ने बताए । उनले देशको रक्षा र स्वाभिमानको रक्षाका लागि आफ्नो स्वास्थ्यको परवाह नगरी संघर्षमा निरन्तर लागिरहने बताए ।
भारतीय हस्तक्षेप विरुद्ध नेपाल मजदुर किसान पार्टीले हिजो शनिवार नै विरोध एवं भर्त्सनाको वक्तव्य जारी गरिसकेको छ ।

तस्विरः प्रेम प्रजापति
तस्विरः प्रेम प्रजापति
तस्विरः प्रेम प्रजापति
तस्विरः प्रेम प्रजापति
तस्विरः प्रेम प्रजापति
तस्विरः प्रेम प्रजापति

Leave a Reply

Your email address will not be published. Required fields are marked *