संक्रमितहरु पुन : देखिएपछि क्लव र बार बन्द गर्दै दक्षिण कोरिया

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

एजेन्सी, २७ बैशाख

Image Not Found

दक्षिण कोरियाका क्लव र बारहरू फेरि बन्द गर्ने घोषणा गरिएको छ ।

दक्षिण कोरियाको सरकारले आगामी एक महीनासम्मका लागि क्लव र बारहरु बन्द गर्ने घोषणा शुक्रवार गरेको हो । कोरोना भाइरसको संक्रमण फैलिएर पनि नियन्त्रण गर्न सफल भएको दक्षिण कोरियामा पुन : संक्रमितहरु देखिन थालेपछि सतर्कता बढाउन थालिएको जानकारी दिइएको छ ।

स्थानीय समय अनुसार शुक्रवार बेलुका ८ बजेदेखि एक महीनाका लागि ती व्यापारिक प्रतिष्ठानहरु आफै बन्द गर्न आग्रह गरिएको योन्हाप समाचार संस्थाले दक्षिण कोरियाली अधिकारीहरूलाई उद्धृत गरी जानकारी गराएको छ ।

सरकारले अन्य क्षेत्रमा पनि थप कडाई गर्न र आवतजावत गर्नेहरुको लगत राख्ने योजना पनि बनाएको बताएको छ ।दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण पहिले नियन्त्रणमा राख्न सकिएको समाचारहरू आएका थिए तर फेरि नयाँ संक्रमितहरु देखिन थालेकोले रात्रिक्लब तथा बारहरूलाई बन्द गर्ने घोषणा सरकारले गरेको हो । स्वास्थ्य अधिकारीहरुका अनुसार हालै २९ वर्षीय एक व्यक्तिमा कोरोना संक्रमणको पूष्टि भएको छ ।

ती व्यक्ति विभिन्न क्लवहरुमा गएर फर्केपछि संक्रमण भएको पाइएको छ ।कोरियाको रोग नियन्त्रण तथा न्यूनिकरण केन्द्रले शुक्रवार १४ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ । संक्रमित भएकामध्ये तीन जना विदेशी नागरिक र एक जना सैनिक रहेको केन्द्रले जानकारी दिएको छ । विरामी सबै १९ देखि ३७ वर्षसम्मका रहेको अधिकारीहरुको भनाइ छ ।

दक्षिण कोरियामा पछिल्लो केही समय कोराना भाइरसबाट संक्रमित नयाँ विरामीहरु देखिएका थिएनन् । तर फेरी नयाँ संक्रमितहरु देखिन थालेपछि सामाजिक दूरी कायम गर्न, क्वारेन्टाइनलाई ख्याल गर्न र आधारभूत स्वास्थ्य सतर्कता अपनाउन सरकारले आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *