न्यूज अपडेट

दक्षिण कोरियामा अबैधानिक रुपमा बसेको कारण पक्राउ परि बिदेशी हिरासत गृहमा रहेका नेपालीले आफूलाई स्वदेश फर्किन बाटो खोलिदिनु पर्ने भन्दै हारगुहार गरेका छन् l
“भिसा नभएको कारण प्रहरीले पक्राउ गरेर हिरासत गृहमा राखेको पनि डेढ महिना हुन लाग्यो , अपराधि जस्तै बसिरहेका छौ l न बाहिर निस्किन पाउँछौ न स्वदेश फर्किन पाउँछौ ” बिगत डेढ महिनादेखि कोरियाको ह्वासंग स्थित बिदेशी हिरासत गृहमा रहेका एक नेपालीले गुनासो पोखे l
उनका अनुसार हाल उक्त हिरासत गृहमा ६ देखि ८ जना नेपाली छन् l सबैसंग भेट गर्न नपाइने हुनाले पूर्ण संख्या भने आफूलाई पनि यकिन नभएको बताए l उनीसंगै बस्ने इलामका एक नेपाली बिगत ५ महिनादेखि उक्त जेलमा बस्दै आएको उनको भनाइ थियो l
” हिरासतमा जे जति नेपालीसंग भेट भयो सबैको अबस्था उस्तै छ , बिना अपराध लामो समयदेखि बन्दि भै बस्दा निकै नै मानसिक तनावमा परियो सबै जनाको चाहना नेपाल सरकारले उद्वार गर्दियोस् भन्ने छ ” उनले भने ।
कोरियामा बिना भिसा बसेका बिदेशी कामदारहरुलाई यहाँको अध्यागमन प्रहरीले पक्राउ गरिहाले केही दिन बिदेशी हिरासत गृहमा राखी स्वदेश फर्काउने गर्दछ l
यसरी पक्राउ परेकाहरु स्वदेश फर्किने कागजात तथा प्लेन टिकट नमिल्दासम्म केही दिन मात्र हिरासत गृहमा बस्नु पर्ने हुन्छ l भिसा नभएकै कारण उनीहरुलाई त्यस्तो अपराधिक मुद्वा चलाइदैन l तर उनीहरु हाल नेपाल सरकारले गरेको लकडाउनका कारण महिनौदेखि कोरियाको बन्दि गृहमा अपराधी जस्तै बस्न बाध्य छन् l