भारतमा रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

एजेन्सी, २६ बैशाख

भारतमा रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु

महाराष्ट्रको औरंगाबादमा रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु भएको छ । औरंगाबादको करमाडनजिकै रेलवे ट्र्याकमा सुतेका प्रवासी मजदुरमाथि शुक्रबार बिहान रेल गुड्दा १६ जनाको मृत्यु भएको हो ।

प्रहरी उपरीक्षक मोक्षदा पाटिलले दुर्घटनामा परी १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले रेलवे ट्र्याकको छेउमा बसेका अन्य आठजना मजदुर दुर्घटनामा बचेका पनि बताएका छन् ।

ती मजदुरहरू एक स्टिल प्mयाक्ट्रीमा काम गर्दै आएका थिए । उनीहरू घर जान ट्रेन चढ्न जालनाबाट औरंगाबाद पैदल आएका बताइएको छ । पैदल हिँडेर थाकेका मजदुरहरू राति परेपछि रेलवे ट्र्याकमै सुतेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *