आन्तरिक र बाह्य दुबै उडान उडान जेठ १८ सम्म बन्द, सिमानाका थप कडाई

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २५ बैशाख

सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म बढाउने निर्णयसँगै अन्तरराष्ट्रिय उडान र सीमानाका पनि जेठ १८ गतेसम्म बन्द गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले विश्वभर फैलिएको कोरोना भाईरसका कारण बाह्य क्षेत्रबाट हुने खतरा रोक्न लागि अन्तरराष्ट्रिय उडान र सीमानाका बन्द गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार काठमाडौंको लकडाउन खुले पनि अन्तरराष्ट्रिय उडान भने विश्वभर नै बन्द हुने छ । यस अघि जेठ २ गतेसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको सरकारले लकडाउनको समयसिमा थपेसँगै आन्तरिक, अन्तरराष्ट्रिय उडान र सिमा नाकासमेत जेठ १८ गतेसम्मका लागि बन्द गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *