सर्जिकल सामग्री बढी मूल्यमा बेच्ने टेलिमार्ट नेपाललाई २ लाख जरिवाना

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

अनलाइन व्यापारमार्फत सर्जिकल र मेडिकल सामग्री बढी मूल्यमा बेच्ने टेलिमार्ट नेपाललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त अनलाइन व्यापार स्टोरलाई बुधबार कारबाही गरेको हो।

टेलिमार्ट नेपाल अनलाइनले एन ९५ माक्स, थर्मल गन, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सेटलगायत सामग्री बढी मूल्य लिई बिक्री वितरण गरेको पाइएको थियो।

विभागले बुधबार नै आरएल ट्रेडर्स काभ्रेस्थलीलाई पनि २ लाख रुपैयाँ जरिवाना गरेको छ। अधिकतम खुद्रा बिक्री मूल्य ४० रुपैयाँ तोकिएको सेन्सेटिभ बेबी वाइप्सलाई उक्त पसलले २ सय १० रुपैयाँमा बिक्री वितरण गरेको भेटिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *