कोरोना अपडेट : रसियामा संक्रमित बढ्दै, यी हुन् १ हजारभन्दा कम संक्रमित भएका एसियन देश

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

रसियामा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ।

रसियामा एकै दिन १० हजार ६ सय ८१ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै रसियामा संक्रमितको संख्या १ लाख ४५ हजार २ सय ६८ पुगेको छ। रसियामा १ हजार ३ सय ५६ जनाको मृत्यु भइसकेको छ।

कोरोनाबाट सबै भन्दा बढी अमेरिका प्रभावित भएको छ।  अमेरिकामा संक्रमितको संख्या ११ लाख ८० हजार २ सय ८८ पुगेको छ। मृत्यु हुनेको संख्या ६८ हजार ९ सय २२ पुगेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक  अनुसार विश्वमा संक्रमितको संख्या ३५ लाख ८२ हजार ४ सय ६९ पुगेको छ।

विश्वमा कोरोनाको संक्रमणले गर्दा ज्यान गुमाउनेको संख्या २ लाख ५१ हजार ५ सय १० पुगेको छ।

संसारभर ११ लाख ६२ हजार ५ सय ३८ जना उपचारपछि निको भएका छन्।

एसियामा एक हजार भन्दा कम संक्रमित भएका देश 
साइप्रसमा ८ सय ७४ जना संक्रमित भएका छन् भने १५ जनाको मृत्यु भएको छ। २ सय ९६ जना निको भएका छन्।

किर्गिस्तानमा ८ सय ३० जना संक्रमित भएका छन्। १० जनाको मृत्यु भएको तथ्यांक छ। ५ सय ७५ जना निको भएका छन्।

लेबनानमा ७ सय ४० जना संक्रमित भएका छन्। संक्रमित मध्ये २५ जनाको मृत्यु भइसकेको छ भने २ सय जना निको भएका छन्।

श्रींलकामा संक्रमितको संख्या ७ सय ५१ पुगेको छ। ८ जनाको मृत्यु भएको छ। १ सय ९४ जना निको भएका छन्।

जर्जियामा ५ सय ९३ जना संक्रमित भएका छन्। ९ जनाको मृत्यु भएको छ भने  २ सय २३ जनालाई निको भएका छन्।

माल्दिभ्समा ५ सय ४१ जना  संक्रमित भएका छन्। एक जनाको मृत्यु भएको छ भने १८ जना निको भएर घर फर्किसकेका छन्।

जोर्डनमा ४ सय ६५ जना कोरोना संक्रमित भएका छन्। ९ जनाको मृत्यु भएको छ भने ३ सय ७० जना निको भएर घर फर्किसकेका छन्।

ताइवनमा ४ सय ३८ जना संक्रमित भएका छन्। ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ३४ जना निको भएर घर फर्किसकेका छन्।

प्यालेस्टाइनमा संक्रमितको संख्या ३ सय ५३ पुगेको छ।  २ जनाको मृत्यु भएको छ। ७७ जना निको भएर घर फर्किसकेका छन्।

भियतनाममा २ सय ७१ जना संक्रमित भएका छन्। २ सय १९ जना निको भएर घर फर्किसकेका छन्।

ताजिकिस्तानमा २ सय ३० जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ।

म्यानमारमा १ सय ५५ जना संक्रमित भएका छन्। ६ जनाको मृत्यु भइसकेको छ। ४३ जना निको भएर घर फर्किसकेका छन्।

ब्रुनेईमा संक्रमितको संख्या १ सय ३८ पुगेको छ। १ जनाको मृत्यु भएको छ। १ सय ३० जना निको भएर घर फर्किसकेका छन्।

कम्बोडियामा १ सय २२ जना संक्रमित भएका छन्। १ सय २० जना निको भएर घर फर्किसकेका छन्।

नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।

मकाउमा ४५ जना संक्रमित भएका छन्। ३९ जना निको भएर घर फर्किसकेका छन्।

सिरियामा ४४ जना संक्रमित भएका छन्। ३ जनाको मृत्यु भएको छ भने २७ जना निको भएर घर फर्किसकेका छन्।

मंगोलियामा ४० जना संक्रमित भएका छन् भने १२ जना निको भएर घर फर्किसकेका छन्।

टिमोरलिस्टमा २४ जना संक्रमित भएका छन् भने २० जना निको भएर घर फर्किसकेका छन्।

लाओसमा १९ जना संक्रमित भएका छन्। ९ जना निको भएर घर फर्किसकेका छन्।

यमनमा १२ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भएको छ।  निको भएर घर फर्किनेको संख्या १ छ।

भुटानमा संक्रमितको संख्या ७ छ  भने ५ जना निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *