शिक्षा क्षेत्रको भौतिक सुधारका लागि रु. ९ करोड खर्च गरिँदै

अर्थ/वाणिज्य शिक्षा समाचार

सल्यान, ५ माघ

सल्यानमा शिक्षा क्षेत्रको भौतिक सुधारका लागि करिब ९ करोड रुपैयाँ खर्च गर्न लागिएको छ । चालू आर्थिक बर्ष २०७६।७७ मा जिल्लामा शिक्षा क्षेत्रको सुधारका लागि कर्णाली प्रदेश सरकारले रु. ९ करोड ४० लाख खर्च गरेर भौतिक संरचना निर्माण गर्न लागेको सामाजिक बिकास कार्यालय सल्यानले बताएको छ । जस अन्तर्गत जिल्लामा २८ वटा योजना समाबेश भएका छन् ।

आबश्यक कर्मचारी अभावका बाबजुत पनि भौतिक संरचना निर्माणको काम शुरु गरिएको कार्यालय प्रमुख भिमप्रसाद पोखरेलले जानकारी दिए । उनले सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै सामाजिक बिकास कार्यालय मार्फत भौतिक संरचना निर्माणका लागि बिनियोजित बजेटको काम शुरु गरिएको बताए ।

उनका अनुसार बिद्यालय खेल मैदान तथा महिला अपांगमैत्री शौचालय निर्माणतर्फ बन्गाड कुपिण्डे र बागचौरमा योजना सञ्चालन भैरहेका छन् । यस्तै सामुदायिक क्याम्पसको पूर्वाधारतर्फ शारदा क्याम्पस शंखमुल, शिवजन क्याम्पस शितलपाटी र फारुला क्याम्पस दार्मा, विशेष शिक्षा सञ्चालित बिद्यालयको भौतिक सुधारको लागि शिवजन माध्यमिक बिद्यालय शितलपाटी, मदरसा भवन निर्माणतर्फ छत्रेश्वरीको जिताठानमा योजना सञ्चालन भइरहेका छन् ।

यस्तै नमूना सामुदायिक बिद्यालयको पूर्वाधार निर्माणतर्फ ६ कोठे बिद्यालय भवन निर्माणका लागि झिंगाने माध्यमिक विद्यालय कालीमाटी, भानुभक्त माध्यमिक विद्यालय दमाचौर, महेन्द्र रत्न माध्यमिक विद्यालय पिपलनेटा, प्रतिभा माध्यमिक विद्यालय जयतपानी, मुक्ति माध्यमिक विद्यालय बामे, बाल कल्याण माध्यमिक विद्यालय टाट्के, महेन्द्र आदर्श माध्यमिक विद्यालय बाँझकाँडा, राष्ट्रिय माध्यमिक विद्यालय दार्माकोट, सरस्वती माध्यमिक विद्यालय कुमाख र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कपुरकोट रहेका छन् ।

यस्तै नमूना वालविकासहरुको पूर्वाधार बिकास भवन निर्माणतर्फ महेन्द्र माध्यमिक विद्यालय लेखपोखरा र राधा निम्न माध्यमिक विद्यालय बन्गाड कुपिण्डे, शैक्षिक संस्थाहरुको भवन निर्माणतर्फ शिशु जागरण माध्यमिक बिद्यालय कोटमौला, बालबोध आधारभूत विद्यालय कोटबारा, त्रिभुवन जन माध्यमिक बिद्यालय शंखपिपल, शान्ति सुन्दर माध्यमिक विद्यालय सिद्धकुमाख, सुर्यप्रकाश आधारभूत विद्यालय कुईयापानी र वीरेन्द्र आधारभूत विद्यालय कोटमौला रहेका छन् ।

यस्तै बहुप्राबिधिक विद्यालयको पूर्वाधार निर्माणतर्फ त्रिभुवन जन माध्यमिक बिद्यालय लुहापिङ्ग रहेको छ । यस्तै डीपीआर सम्पन्न भएको लुहापिङ्ग स्थित कभर्ड हल तथा खेल मैदान निर्माणका लागि रु.३० लाखरुपैँया विनियोजन भएको छ । योजना सञ्चालित ठाउँहरुमा जाने, अनुगमण निरीक्षण गर्ने जस्ता कामहरु गरिरहेको कार्यालयका सव इन्जिनीयर भरत पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *