देशभर २८ हजार १९६ जना कोरोना संक्रमित होम आइसोलेसनमा 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ४ कात्तिक

देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

मंगलबार ४१ हजार ७ सय ७५ जना संक्रिय संक्रमितमध्ये २८ हजार १ सय ९६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार २ सय ६६ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  ४ हजार ३  सय ९३, प्रदेश २ मा ८ सय २१, लुम्बिनी प्रदेशमा  ३ हजार ३  सय ८३, सुदूरपश्चिम प्रदेशमा ५९१, गण्डकी प्रदेशमा ९३५ र कर्णाली प्रदेशमा ८०७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *