भक्तपुर, २३ मंसिर
‘स्वास्थ्य जाँच गरौं, स्वस्थ बनौं’ नाराका साथ महिला समूह दिगुटोलको आयोजनामा स्थानीय दिगुटोल परिसरमा मधुमेह तथा रक्तचाप जाँचसम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ ।
भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा जम्मा १ सय १९ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए । शान्ति फर्मा बहाखाबजार र बिजनेश लिंक नयाँ थिमीको सहयोगमा भएको उक्त शिविर कार्यक्रममा सहभागी विरामीहरुले क्लिनिकमा विशेष डाक्टरबाट निःशुल्क परीक्षण गर्न पाउने आयोजकको भनाइ छ ।
महिला समूहको सक्रियतामा स्वास्थ्यमूलक, जनचेतनामूलक तथा शिक्षामूलक सामाजिक क्रियाकलापहरु नियमित रुपमा गर्दै आएको स्रोतले बताइएको छ । यस शिविरबाट जाँच गरेका विरामीहरुको आइतबार रिपोर्ट वितरण गरेको थियो ।