Sunday, May 19, 2024

१३१औं अन्तरराष्ट्रिय श्रमिक दिवसमा नेक्रामसंघको शुभकामना !

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

  

१३१औं अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल क्रान्तिकारी मजदुर संघ केन्द्रीय समितिले शुभकामना वक्तव्य जारी गरेको छ । नेक्रामसंघका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले हस्ताक्षर गरेकाे उवत क्तव्यमा भनिएकाे छ,

बिश्वब्यापी रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड-१९)को महामारीले श्रमजीबी बर्गको जनजीवन लाई अझ कष्टकर बनाएको छ। बिभिन्न क्षेत्रमा दैनिक ज्यालादारी मजदुरी गरी जीवन निर्वाह गरिरहेका बिपन्न मजदुर परिवारहरुको दैनिकीलाई कोरोना महामारीले सबभन्दा बढी प्रभाबित पारेको छ।  महामारीकै कारण उद्योग, कल-कारखाना र ब्यवसायहरु बन्द हुँदा ठुलो संख्यामा बेरोजगारी बढेको छ। सबै अवसर शहरमा केन्द्रीत गरिएको हुँदा लकडाउनसँगै लाखौं मजदुरहरु कयौं दिन लगाएर सयौं कोलोमिटर हिँडेर गाउँ फर्कन बाध्य भए भने सरकार मुकदर्शक रह्‍यो। मजदुरहरुको गाँसबासको ब्यवस्था सरकारले गर्न सकेन भने सुरक्षीतरुपमा घर फर्कने ब्यवस्था पनि गर्न सकेन। बरु स्वास्थ्य संकटको नाममा ओम्‍नी जस्ता कम्पनिलाई गैरकानूनी रुपमा स्वास्थ्य सामाग्रीको ठेक्‍का दिई आफ्ना आसेपासेलाई पोस्‍न सरकार ब्यस्त रह्‍यो। यसले नेकपाको बर्तमान सरकार श्रमजीवी बर्ग बिरोधी र दलाल पुँजीपति बर्गको संचालक समिति भएको पुष्टी भयो।

यतिबेला भारत तथा खाडि मुलुक लगायतका देशहरुमा बैदेशिक रोजगारीमा रहेका ८० लाख नेपाली श्रमिकहरुको अवस्था झन् भयावह रहेको छ। तीनको उचित ब्यवस्थापन गर्न सरकारसंग कुनै कार्ययोजना छैन। यस्तो संकटकालीन परिस्थितिमा सरकारले अध्यादेश जारी गरी संसदलाई कुल्चने प्रजातन्त्रबिरोधी काम गर्‍यो। सरकारकै संलग्नतामा सांसद अपहरणको अपराधिक कार्य दोहोरियो। पुँजीपति बर्गको ईसारामा हिँड्ने शासक दलहरुले देश र जनताको पक्षमा कुनै काम नगर्ने स्पष्ट भयो।

अन्तरराष्ट्रिय श्रमिक दिवस (मई दिवस) बिश्वभरका श्रमिक जनताको राजनैतिक हकअधिकारको निम्ति हुने संघर्ष र आन्दोलनकै एक सिलसिला हो। नोवेल कोरोना (कोभिड-१९)को महामारीमा जारी लकडाउनका कारण यस बर्ष नेपाल क्रान्तिकारी मजदुर संघले अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा कुनै औपचारिक सभा, सम्मेलन वा राजनैतिक प्रदर्शनको कार्यक्रम आयोजना गरेको छैन। नेक्रामसंघ आफ्ना सम्पुर्ण सदस्यहरुलाई जुन जुन ठाउँमा हुनुहुन्छ त्यहिं ठाउँमा श्रमजीवी जनताको सेवा र सहयोगमा समर्पित हुन र सरकारको जनबिरोधी गतिबिधिविरुद्ध जनतालाई सचेत पार्ने काममा सकृय रहन आह्वान गर्दछ। लकडाउनको यो समयमा बिश्वका मजदुर आन्दोलनका ईतिहास र तिनका शिक्षा बारे अध्ययन, लेखन र सामाजिक दुरी कायम गरी स्थानीय स्तरमा सानो समुहमा छलफल तथा अन्तरकृया जस्ता कार्यमा सकृय भई अन्तरराष्ट्रिय श्रमिक दिवस मनाउनु हुन नेक्रामसंघ आह्वान गर्दछ। १३१औं अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमजीवी जनतामा नेपाल क्रान्तिकारी मजदुर संघ शुभकामना ब्यक्त गर्दछ।

यसरी नै मे १ का दिन विश्वका सर्वहारा वर्ग श्रमिक र मजदुरकाे हक हित र अधिकारकाे व्यापक दुरूपयाेगकाे विराेध गर्ने दिनकाे रूपमा पनि मनाइन्छ । साथै सेवा सुविधा प्राप्त गर्ने दिनका रूपमा पनि मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *