द ग्लोबल सर्जिकल हाउसलाई २ लाख जरिवाना

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

धनगढी, १९ बैशाख

धनगढी उपमहानगरपालिका- १ स्थित द ग्लोबल सर्जिकल हाउसलाई दुई लाख जरिवाना गरिएको छ। वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालय कैलालीको संयूक्त अनुगमन टोलीले अनुगमन गर्दा तोकिएको मूल्यभन्दा बढीमा स्वास्थ्य सामग्री बिक्री वितरण गरेको पाएको थियो।

सो सर्जिकल हाउसले मास्क र पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पिपिई) महँगो शुल्कमा बिक्री गरेको अनुगमन टोलीले जनाएको छ। वाणिज्य आपुर्ति तथा उपभोक्ता कार्यालयका प्रमुख कमलबहादुर पुनले हाउसमा अनुगमन गर्न जाँदा १० रुपैयाँ पर्ने मास्कलाई १७ रुपैयाँमा र चार हजार ८ सय ६८ रुपैयाँ पर्ने पिपिईलाई ७ हजारमा बिक्री गरिरहेको पाइएको जानकारी दिए।

उनले सो सर्जिकल हाउसलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ‘ङ’ को कसुरमा दफा ३९ ‘१’ (ख) बमोजिम दुई लाख तत्काल जरिवाना गरिएको बताए।

उनले टोलीले बजारमा हुने कालोबजारी, महँगीलगायतलाई नियन्त्रण गर्न कार्यालयले एकल र संयूक्त बजार अनुगमन गरिरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *