वि.सं.२०७७ असोज ११ गते आइतबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, ११ असाेज

वि.सं.२०७७ साल असोज ११ गते । आईतबार । ईश्वी सन् २०२० सेप्टेम्बर २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–एकादशी,३८ घडी ५६ पला,बेलुकी ०९ बजेर २९ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–श्रवण,४४ घडी ०२ पला,बेलुकी ११ बजेर ३१ मिनेट उप्रान्त धनिष्ठा । योग–सुकर्मा,४२ घडी ४० पला,बेलुकी १० बजेर ५९ मिनेट उप्रान्त धृति । करण–वणिज,बिहान ०९ बजेर ३३ मिनेट उप्रान्त भद्रा,बेलुकी ०९ बजेर २९ मिनेट उप्रान्त बव । आनन्दादिमा–गद योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५२ मिनेट । दिनमान ३० घडी ५४ पला । पद्मिनी एकादशी व्रत। पर्यटन दिवस।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पुराना लेनदेनका मुद्दाहरु किनार लगाउँदै नयाँ काम गर्न सकिनेछ । नोकरीमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथीको सहयोगले परिणाममुखी काम गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फन आम्दानीका स्रोत बढाउन सकिनेछ । छोटो दूरीको यात्राको तय गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समाजमा लोकप्रिय काम गरी दाम तथा नाम दुवै कमाउन सकिनेछ भने राज्यको तर्फबाट सम्मानित हुने योग रहेकोछ । राजनीति तथा समाजसेवामा अरुको मन जित्दै तथा अरुलाई प्रतिस्पर्धामा हराउँदै पद पाउने प्रसस्त सम्भावना रहेकोछ । धर्म कर्ममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अन्य क्षेत्र मध्यम रहेपनि बैक तथा बित्तीय क्षेत्रमा गरिएको लगानी सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ । भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

माया प्रेमको बन्धन कसिलो हुनुको साथै पति पत्निबीचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तीको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने उपलब्धिमुलक व्यवसायिक यात्रा हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजनसँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक व्यवस्थापनका मुद्दाहरु हल भएर जानेछन् । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिस्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ भने तपाईको कार्य शैलीको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँदा पद प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन तथा अध्यापनमा बिगतमा देखिएका कमी कमजोरीहरुलाई सुधार गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा दखिएका तित्तताहरु चिर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी हुनेछ भने अन्य व्यवसायमा अलि बढी संघर्ष गर्नुपर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमा नै फत्ते हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समाजमा आफन्त तथा आत्मिय मित्रका साथ सुमधुर सम्बन्ध स्थापना गर्न सकिनेछ । अध्ययनमा प्रशस्त समय दिन सकिने हुनाले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ भने बुद्धिमता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । असहज परिस्थितिको सामना गर्नुपरेपनि सार्थक नतिजा निकाल्न सकिने हुनाले मन प्रशन्न हुनेछ । पारिवारिक माहोलमा जमघट भई नयाँ साथिहरु बनाउँन सकिने तथा स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कन्भिन्स गर्ने पावर बढ्ने हुनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नुपर्ने हुनसक्छ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उचाई नाघ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । पढाई लेखाईमा सन्तोषजनक सुधार भएर जानेछ भने प्रतिस्पर्धामा अलि बढी मेहनेत गर्दा प्रतिस्पर्धीहरुलाई हराउन सकिनेछ । अनावश्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिससँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पूरा गर्न सकिने हुँदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागि समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *