पर्किङ निषेधित क्षेत्रमा पार्किङ

समाचार

सुजना कार्की
भक्तपुर, २ साउन


उपत्यकाको भक्तपुर विश्वसम्पदा सुचीमा सुचिकृत सम्पदाहरु छन् । बिगत केही वर्ष यता यस्ता क्षेत्रहरु नजिक पार्किङ निषेध गरेतापनि लागू भएको छैन । नो पार्किङ लेखिएको बोर्ड टासिएको स्थानमा पनि सवारीसाधन पार्किङ गरिने गरेको छ । पार्किङ मनाई क्षेत्रमा जथाभावी पार्किङ गर्दा स्थानीय साथै घुम्ने आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि असजिलो भएको छ ।
पार्किङ मनाही क्षेत्रमा पार्किङ गरेकाले मानिसहरुलाई आवतजावत गर्ने गाह्रो भएको छ । स्थानीय राजेन्द्र श्रेष्ठ भन्नुहुन्छ, ‘वडा कार्यलयले पार्किङ निषेध बोर्ड राखे पनि त्यसको रेखदेख गर्ने कर्मचारी नखटाएकाले समस्या सूचना भएको हो ।’ पार्किङ निषेधित क्षेत्रमा मनपरि रुपले पार्किङ गरेका तर यसमा कारवाही गर्ने निकाय मौन भएकाले समस्या आएको उनले बताए ।
अर्का स्थानीय केदार कवांले नो पार्किङ बोर्ड सचेतनाका लागि राखिएको भएपनि कोहीले बुझेर र कोही नबुझेरै पार्किङ गरिरहेको बताए । नगरपालिकाबाट रेखदेख गर्नका लागि कर्मचारी खटाए पनि कर्मचारीले उचित हेरचाह नगरेको उनले बताए ।

२०६८ सालदेखि नै सम्पदा क्षेत्रमा सवारी प्रवेश निषेध गरिएको थियो । तर सवारी चालकले लापरवाही रुपले पार्किङ गरेका छन् । नियम अनुसार यी सम्पदा क्षेत्रमा खानेपानीको ट्रयांकर, स्कुल बस, एम्बुलेन्स लगायतका सवारी प्रवेश गर्न दिइन्छ त्यस बाहेक निजी सवारी साधानहरु प्रवेश गर्न नपाइने भएपनि अस्तव्यस्त पार्किङ गरिने गरेको छ ।

उपमहानगरपालिकाले दरबार स्क्वायर, पाँचतले, मन्दिर, दत्तात्रय र च्याम्हासिंह गेटलगायतका क्षेत्रमा पार्किङ निषेध गरेको छ । तर सवारी चालकहरु नियम पालना गरेका छैनन् । जथाभावी सवारीसाधन पार्किङले गर्दा पाटी पौवा र मठमन्दिरको शोभा उडेको साथै हिडडुल गर्न असजिलो भएको स्थानीयहरुको गुनासो छ ।
उपमहानगरले यसमा कडाई गर्दै पनि कार्यान्वयन हुन नसकेको स्वीकार गरेको छ । भक्तपुर नगरपालिकाको सरसफाइ समितिको उपशाखा अनुसार नो पार्किङ क्षेत्रमा पार्किङ न्यूनीकरण गर्न कर्मचारी खटाएपनि कर्मचारी नभएको मौका पारी पार्किङ गर्ने गरेको बताएको छ ।
पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरिरहेका र सम्बन्धित निकाय मौन रहेको गुनासो स्थानीयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *