औषधिको मूल्य बढाउने तयारी, आज बैठक बस्दै

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १० भदाै

सरकारले औषधिको मूल्य बढाउने तयारी गरेको छ। मुल्य परिमार्जनका लागि आज औषधि व्यवस्था विभागमा बैठक बस्न लागेको छ। विभागले आज दिउसो १ बजे औषधि मूल्य अनुगमन समितिको बैठक  बोलाएको हो।

बैठकमा औषधिहरुको मूल्य परिमार्जन, संशोधन गर्ने, मूल्य निर्धारण कार्यविधि र मूल्य निर्धारण नभएका औषधिको मूल्य निर्धारण गर्ने विषयमा छलफल हुने छ।

विभागले  नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल फर्मास्युटिकल्स एसोसियसन र उपभोक्ता जागरण तथा हित संरक्षण मञ्चलाई बैठकमा बोलाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *