भक्तपुरमा १२२ सहित काठमाडौं उपत्यकामा ९९३ जनामा कोरोना संक्रमण पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, २ भदाै

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० जनामा कोरोना पुष्टि भएको छ।

त्यसैगरी, देशभर पछिल्लो २४ घण्टामा तीन हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८३८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८४९ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ६१३  र ४ हजार ९९९ जनाको एन्टीजेन परीक्षण गर्दा ७९० जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार २ हजार १०४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ४२ एक जना संक्रमितको मृत्यु भएको छ।

देशभर ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३६ हजार ८०६ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ५३२ भने ७७० जना आइसियुमा र १८६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ४५७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *