खेलकुदको माध्यमबाट भक्तपुरलाई पहिचान दिलाउने

खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २७ साउन

न्यातापोल कर्नर टीमको ४० औं स्थापना दिवशका अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम र खुल्ला टेबुल टेनिस प्रतियोगिताकोे फाइनल र पुरस्कार बितरण समारोह भक्तपुर नगर पालिकाका मेयर सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा प्रोक्सिमा स्कूलको कभर्ड हलमा सम्पन्न भएकाे छ । कार्यक्रममा बोल्दै मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले कला र संस्कृतिलाई बिशेष महत्व दिँदै आएको, आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न पर्यटन बिकासमा जोड दिदै आएको बताए।
कला, संस्कृति र पर्यटनको बिकाससंगै खेलकुदको माध्यमबाट भक्तपुरलाई पहिचान दिलाउने उद्देश्यले पूर्वाधार निर्माणमा समेत बिशेष जोड दिनै आएको बताए । भक्तपुर नगरपालिकाले वडा नं. १० बेखाल स्थित टेबुल टेनिस कभर्ड हल निर्माण पनि अन्तिम चरणमा पुगेको पनि अवगत गराए । मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले हरेक बर्ष बिभिन्न खेलको अन्तर नगर प्रतियोगिता आयोजना गर्ने गरेको र यस्ले खेलाडीलाई उत्साहित पार्ने बताए।
न्यातापोल कर्नर टीमका अध्यक्ष शिव सुन्दर गोथेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथि सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेल, टीमका सल्लाहकार शिवनारायण गोथे, राजाराम चवाल, उपाध्यक्ष मुक्तिसुन्दर जधारी र सचिव रोशन धौभडेलले पनि बोलेको थियो । सोही दिन सम्पन्न खुल्ला टेबुल टेनिस प्रतियोगिताको पुरुष एकल फाइनलमा ससस्त्र प्रहरीका राजिव चिकंबन्जार (भ.न.पा. १० वडा खेलकुद समिति) ले रजोजमान थकु (भक्तपुर बहुमुखी क्याम्पस) लाई ११–७, १३–११, ११–६ को सोझो सेटमा पराजित गरि प्रथम स्थान हासिल गरेका छन् । सुमेध प्रधान   (भ.न.पा. १० वडा खेलकुद समिति) र श्रीजल सुवाल (भ.न.पा. २ वडा खेलकुद समिति) ले तृतीय स्थान हासिल गरे । त्यसैगरी महिला खुल्ला स्पार्धामा दिया देउला (मोर्डन कलेज) ले क्यारिना सुवाल   (भ.न.पा. २ वडा खेलकुद समिति)  लाई ११–९, ११–७, ११–८ को सोझो सेटमा पराजित गरि प्रथम स्थान हासिल गरेका छन् । नर्मदा खाइतु (प्रोक्सिमा इन्टरनेसनल एकेडेमी) र प्रदिपा सुवाल (भ.न.पा. २ वडा खेलकुद समिति) ले तृतीय स्थान हासिल गरे । मेन्स सिंगल (३५ बर्ष माथि) मा कृष्णसुन्दर खाइतु (न्यातापोल कर्नर टीम) ले जीवन गोसाई ( होटल सेन्ट्रल भक्तपुर ) लाई ११–६, ११–७, ७–११, ११–७ मा पराजित गरि प्रथम स्थान हासिल गरेका छन् । रबिन धौभडेल, बिष्णुराम न्हुछे ( न्यातापोल कर्नर टीम) ले तृतीय स्थान हासिल गरे । मेन्स डबल्समा जीवन गोसाई र कृष्णगोबिन्द सिल्पकार (होटल सेन्ट्रल भक्तपुर) को जोडीले रबिन धौभडेल र बिष्णुराम न्हुछे (न्यातापोल कर्नर टीम) को जोडीलाई ११–७, ११–६, ७–११, ११–८ को सेटमा पराजित गरि प्रथम स्थान हासिल गरेका छन् । कृष्णसुन्दर खाइतु, रत्नसुन्दर खाइतु  (न्यातापोल कर्नर टीम) र संजीव किवानायो, बिक्रम जधारी (हेल्डी फुटसल) ले तृतीय स्थान हासिल गरे । प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका निरु गाइजूले राइजिङ्ग खेलाडीको पुरस्कार प्राप्त गरे ।  बिजयी खेलाडीलाई प्रमुख अतिथि मेयर सुनिल प्रजापतिले प्रमाण पत्र, मेडल, सिल्ड प्रदान गरे । बिजयी खेलाडीहरुलाई स्थानिय समाजसेवी न्हुछेरत्न खाइतुको तर्फबाट नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *