अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा समसामयिक विषयमा प्रवचन कार्यक्रम

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, २ भदौ

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भक्तपुर नपा वडा नं. ९ को आयोजनामा कोभिड संक्रमण न्युनीकरणमा युवाहरुको भूमिका र समसामयिक विषयमा प्रवचन कार्यक्रम मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले पतोन्मुख र प्रतिगामी विचार बोक्ने कुनै पनि उमेर समूहका व्यक्तिहरु युवा कहलिन नसक्ने बताए । समाजलाई अगाडि बढाउने, प्रगतिशील र क्रान्तिकारी विचारधाराका जुनसुकै उमेर समूहलाई युवाको रुपमा परिभाषित गर्नुपर्नेमा उनले जोड दिए ।
देशको भविष्य युवाहरु शक्तिमा निहित हुने बताउँदै उनले आफूमा भएको ज्ञान, अध्ययन, योग्यता र क्षमता विकास गर्न युवाहरु अग्रसर हुनुपर्ने बताए । कोभिड नियन्त्रणमा समाजवादी देशको अनुभवबारे प्रशिक्षित गर्दै भक्तपुर नपाले निकै छोटो समयमा जनताको सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरी सर्वसाधारण जनतालाई वितरण गरेको उनले स्मरण गरे ।
युवाहरुले राजनीतिक गतिविधिमा सक्रियता बढाउनु आवश्यकछ छ । उनले भने, जबसम्म युवाहरुमा आफ्नै देशमा बसेर देशलाई आत्मनिर्भर बनाउने सोचको विकास गर्न सक्दैन, तबसम्म देशको विकास र समृद्धिको सम्भावना छ्रन ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नगरमा हाल ४५६१ जना सक्रिय कोभिड संक्रमित रहेको, भक्तपुर नपाको आइसोलेसन केन्द्रमा ३७ जना स्वास्थ्य लाभ गरिरहेको बताए । उनले कोरोना विरुद्धको लडाइँमा भक्तपुर नपाले कोभिडविरुद्धको खोप अभियान सशक्त र व्यवस्थित रुपमाले सञ्चालनमा जोड दिएको बताउदै नजिकिँदै गरेको सापारु पर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित ढंगले मनाउन अनुरोध गरे ।
नेमकिपा दत्तात्रय एकाइ समितिका अध्यक्ष सञ्जय मानन्धरले कोभिड संक्रमण जोखिमका कारण धेरैले शारीरिक र मानसिक पीडा भोग्नुपरेको बताउदै कोरोना महामारी नियन्त्रणमा भक्तपुर नगरपालिका र नपाका जनप्रतिनिधिले खेलेको भूमिका प्रशंसनीय भएको बताए ।
भक्तपुरका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले समाजमा शान्ति सुरक्षा, सुव्यवस्था कायम गर्न तथा अपराध अनुसन्धान तथा नियन्त्रण गर्न प्रहरी र समाजको सम्बन्ध सुमधुर हुनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का विकास प्रजापतिले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *