दुर्गममा इन्टरनेट पुर्याउने सेवाप्रदायकले विशेष पुनकर्जा पाउने

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १ भदाै

दुर्गममा इन्टरनेट पुर्याउने सेवाप्रदायकले विशेष पुनकर्जा पाउने

नेपाल राष्ट्र बैंकले दुर्गम स्थानमा इन्टरनेट पुर्याईउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराउने भएको छ ।
शुक्रबार आर्थिक वर्ष २०७८∕७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले दुर्गम स्थानमा इन्टरनेट पुर्याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराउन बताएको हो ।
नीतिमा भनिएको छ, ‘ब्रोडव्याण्ड प्रवर्द्धन गरी सर्वसाधारणमा इन्टरनेटको पहुँच पुर्यालउने गरी दुर्गम स्थानहरूमा सेवा पुर्याउने इन्टरनेट सेवा प्रदायक संस्थालाई विशेष पुनर्कर्जा उपलब्ध गराइने छ’ ।
त्यस्तै राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीको समग्र इकोसिस्टम विकास र प्रवर्द्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी सेवा सञ्चालक र सञ्चार सेवा प्रदायकहरुलाई विशेष पुनर्कर्जा उपलब्ध हुने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *