भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता दोस्रो दिन जारी

खेलकूद विशेष समाचार समाचार

काठमाडाैं विरुद्ध भक्तपुरकाे जीत, भक्तपुरका इशा सैंजू म्यान अफ दि म्याच घाेषित

न्यूज अपडेट संवाददाता
भक्तपुर, १ चैत


भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको महिला कबड्डी प्रतियोगिता अन्तर्गत बुधबार विराटनगर महानगरपालिका र बुटवल उप महानगरपालिकाविच भएको खेलमा बुटवल उप महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ६४–२२ अंकले पराजित गरेको छ । उक्त खेलमा बुटवल उप महानगरपालिकाका विष्णु सोमरी मगर म्यान अफ द म्याच घोषित भएका छन् ।
त्यस्तै मेलौली नपा र पोखरा महानगरपालिकाविच भएको खेलमा मेलौली नपाले पोखरा महानगरपालिकालाई ४३–२२ पराजित गरेको छ । सो खेलमा पोखरा महानगरपालिका होममाया खप्तड मगर म्यान अफ द म्याच घोषित भएका छन् ।

भिमदत्त नपा र बनेपाबिचको खेलमा भिमदत्तले बनेपालाई ६९–१६अंकले हराएको छ । उक्त खेलमा मानमति विष्ट म्यान अफ द म्याच घोषित भएका छन् ।
काठमाडौ महानगरपालिका र मध्यपुर थिमि नगरपालिकाविच भएको प्रतिस्पर्धामा काठमाडौ महानगरपालिकाले जित हासिल गरेको छ । उनले प्रतिद्वन्द्वी मध्यपुर थिमिलाई ६५–२५ ले हराएको हुन् । काठमाडौ महानगरपालिकाका पुनम कार्की म्यान अफ द म्याच घोषित भएका छन् ।
विराटनगर महानगर नपा र गोदावरीबिचको खेलमा विराटनगरले गोदावरीलाई ३९–२३ अन्कले पराजित गरेको छ । उक्त खेलमा विराटनगर महानगर नपाका रोजिना खवास म्यान अफ द म्याच घोषित भएका छन् ।

बुटवल नपा र महाकाली नपाविचको खेलमा बुटवलले महाकालीलाई ५९–२४ अंकले पराजित गरेको छ भने बुटवल नपाका सृजना थारु म्यान अफ द म्याच घोषित भएका छन् ।

बुटवल नपा र महाकाली नपाविचको खेलमा बुटवलले महाकालीलाई ५९–२४ अंकले पराजित गरेको छ भने बुटवल नपाका सृजना थारु म्यान अफ द म्याच घोषित भएका छन् ।
सिद्धिचरन नपा र पोखरा महानगरपालिकाविचको खेलमा पोखराले सिद्धिचरलाई ७९–१७ अंकले पराजित गरेको छ भने पोखरा नपाका आशिका नेपाली म्यान अफ द म्याच घोषित भएका छन् ।
किर्तिपुर नपा र बनेपा नपाविचको खेलमा किर्तिपुरले बनेपालाई ३५–३२ अंकले पराजित गरेको छ भने उक्त खेलमा किर्तिपुरका नितु सुनार म्यान अफ द म्याच घोषित भएका छन् ।
त्यस्तै मेलौली नपा र कलैया नपाविचको खेलमा मेलौली नपाले जित हासिल गरेको छ । मेलौलीले कलैयालाई ६१–१३ ले पराजित गरेको हो । खेलमा मेलौली नपाका रविना चौधरी म्यान अफ द म्याच घोषित भएका छन् ।

सोहि दिन काठमाडौ महानगरपालिका र भक्तपुर नगरपालिकाविच भएको खेलमा भक्तपुरले काठमाडौलाई ४३–२९ अकले हराएको छ । सो खेलमा भक्तपुरका इशा सैजु म्यान अफ द म्याच घोषित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *