यस वर्ष भक्तपुर बचतको रजत वर्ष, मुख्य आकर्षण आदर निकेतन

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ३० साउन

तस्विरः प्रेम प्रजापति

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको आयोजनामा शनिवार संस्थाकै सभाहलमा सल्लाहकार, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति र कर्मचारीबीच वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष रजत वर्ष पनि भएकोले आदर निकेतन संस्थाको मुख्य आकर्षण बनेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले कार्यक्रमको उद्घाटन गर्दै रजत वर्षको अवसरमा संस्थाले छुट्टै अनुसन्धान गर्ने सदस्य समूह बनाई विविध क्षेत्रको अनुसन्धानमा लाग्न प्रेरित गर्नुपर्ने बताए ।

तस्विरः न्यूज अपडेट

आर्थिक सँगै विविध सामाजिक सांस्कृतिक गतिविधिमा लागेको यस संस्थाले रजत वर्षको अवसरमा अनुकरणीय गतिविधि गरेर देखाउनुपर्ने उनले बताए । सामजिक सुरक्षा कोष असंगठित क्षेत्रका लागि ल्याएको साथै यो ऋणात्मक र विवादात्मक भएको हुँदा यस संस्थाका लागि उपयुक्त नभएको उनको ठहर छ । उनले संस्थाले ल्याएका नीति तथा कार्यक्रमलाई सबैले साथ दिनुपर्ने बताए ।

तस्विरः न्यूज अपडेट

संस्थाका कोषाध्यक्ष राम प्रसाद प्रजापतिले आ.व. २०७७/०७८ को यथार्थ वित्तीय विवरण तथा आ.व. २०७८/०७९ को अनुमानित बजेत प्रस्तुत भएको उक्त कार्यक्रममा समीक्षा गर्दै सल्लाहकार विष्णुगोपाल कुसीले बजेतमा सफल छ र त विश्वास भएको बताए । उनले यस वर्ष रजत वर्ष भएकाले संस्थाले ल्याएको प्रमुख आकर्षण आदर निकेटन सञ्चालनलाई छुट्टै अध्ययन र प्रतिवेदन बनाएर अघि बढाउनुपर्ने बताए । उनले वार्षिक समीक्षा बैठकमा सबै कुरा नआउने भएकाले रजन महोत्सवका अवसरमा ल्याउने हरेक कार्यक्रमबारे एउटा एउटा गरी छलफल गर्नुपर्ने बताए ।

तस्विरः न्यूज अपडेट

अर्का सल्लाहकार रत्नप्रसाद प्रजापतिले संस्थाको प्रगतिमा योगदान गर्नेको कदर गर्दै संस्थाले बनाएका विभिन्न नीतिहरुको विषयमा बीच बीचमा छलफल तथा समीक्षा भैरहेको बताए । कानुनी सल्लाहकार राम प्रसाद प्रजापतिले संस्थाका आर्थिक सामाजिक समीक्षा सँगसँगै संस्थाले बनाइएका विधान तथा विभिन्न नीति नियम तथा त्यसका असरबारे पनि समीक्षा हुनुपर्ने औल्याए । उनले कानुनी अनुशासनबारे राम्ररी जानकारी नभइकन संस्था अगाडि बढ्न नसक्ने बताए ।

तस्विरः न्यूज अपडेट

संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष निर्मल प्रजापत, सचिव लक्ष्मी प्रसाद कुसी, सदस्य जगनाथ प्रजापति, तारादेवी धन्छा, उपसमिति सदस्य दिपेन्द्र प्रजापतिलगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।

तस्विरः न्यूज अपडेट
तस्विरः न्यूज अपडेट
तस्विरः न्यूज अपडेट
तस्विरः न्यूज अपडेट
तस्विरः न्यूज अपडेट
तस्विरः न्यूज अपडेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *