सानिमा लाइफको आइपीओ बाँडफाँट मिति तोकियो

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २९ साउन

whatsapp sharing button

सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर आइपीओ बाँडफाँटको मिति तोकिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धक प्रभु क्यापिटलले शनिबार बिहान ११ः ०० बजेदेखि बाँडफाँट हुने बताएको छ ।

साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो।

जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २४ लाख १९ हजार १२७ वटा आवेदन परेको थियो।

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशका २०७४ बमोजिम कम्पनीको आइपीओ ५ लाख ५४ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गर्नेछन् ।

२०७४ मंसिरबाट यो कम्पनीले कारोबार सुरु गर्दै आएको छ। चैत मसान्तसम्म कम्पनीले ९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *