सुनको भाउमा भारी गिरावट, एकैदिन तोलामा १,६०० रूपैयाँले घट्याे

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ७ मंसिर

सुनको भाउमा भारी गिरावट, एकैदिन तोलामा १,६०० रूपैयाँले घट्याे

सुनको भाउमा भारी गिरावट आएको छ । मंसिर ७ गते, मंगलबार सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि ओरालो लागेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार ९०० रुपैयाँ तोकिएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २५५ रुपैयाँमा किनबेच हुँदैछ । सोमबार चाँदीको भाउ तोलामा १० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार २७० रुपैयाँ पुगेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *