कोरोना संक्रमित कहाँ कतिजना उपचाररत? के छ अवस्था?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। मंगलबार थप दुई जना भेटिएसँगै संक्रमितको संख्या १६ पुगेको हो।

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टका तीनमध्ये दुई जनामा कोरोना पुष्टि भएको थियो । बाँकी एक जनाको पहिलो परीक्षणमा कोरोना पोजेटिभ नदेखिएपछि पुनः परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१६ संक्रमितमध्ये २ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, २ जना पाटन अस्पताल, २ जना धौलागिरी अस्पताल, ५ जना सेती अञ्चल अस्पताल र ४ जना नारायणी अस्पतालमा उपचाररत छन्।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाको आशंकामा हालसम्म १२ हजार ९ सय ६ जनाको परीक्षण भएको छ । जसमध्ये ६ हजार ६ सय ७ जनाको र्‍यापिड डाइग्नोष्टिक किट र ६ हजार २ सय ९९ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र ३ सय ८७ जना उपत्यका बाहिर १ सय ९७ जनाको कोरोना परीक्षण भएको छ।

देशभर गरी हाल ५ हजार ७ सय ५१ जना क्वारेन्टाइनमा राखिएका छन् भने ९९ जना अस्पतालको आईसोलेसन वार्डमा छन् । काठमाडौं उपत्यकामा १२ र बाहिरी जिल्लामा ८७ गरी जम्मा ९९ जना आईसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाको परीक्षण अब २१ जिल्लामा मात्र सुरु गर्न बाँकी रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *