हनुमानघाट फोहर पानी प्रशोधन केन्द्र निर्माणको कार्य शुभारम्भ

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १३ चैत


भक्तपुर नपा वडा नं. ७ को हनुमानघाटमा फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्यको शुभारम्भ भयो । काठमाडौ उपत्यका खानेपानी लिमिटेड, अयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका फोहर पानी व्यवस्थापन आयोजना र भक्तपुर नपा वडा नं. ७ को संयोजनमा निर्माण हुने कार्य उक्त प्रशोधन केन्द्र निर्माणको शुभारम्भ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहबीच आइतबार गरे ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले स्थानीय तह निर्वाचन २०७४ मा नेमकिपाले जारी गरेको भक्तपुर नपाको घोषणापत्रमा दुईवटा उपचार पोखरी पुनः सञ्चालन गर्ने उल्लेख गरेको बताउदै हनुमानघाट फोहर पानी प्रशोधन केन्द्र निर्माणपछि हनुमन्त्ते खोला सुधारसँगै सिंगो भक्तपुरकै स्वरुप फेरिने र यहाँका स्थानीय बासिन्दाहरुलाई फाइदा पुग्ने बताए ।
उनले प्रशोधन केन्द्रको काम इमानदारीपूर्वक निर्धारित समयभित्र कार्य सम्पन्न हुने आशा व्यक्त गर्दै आयोजना सम्पन्न भइसकेपछि पनि तालिम प्राप्त जनशक्तिबाट यसको नियमित मर्मत सम्भार र सुपरीवेक्षण हुन जरुरी छ भने ।


कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले प्राचीन र ऐतिहासिक हनुमानघाट धार्मिक स्थल पनि भएको बताउँदै यस ठाउँमा निर्माण हुने फोहर पानी प्रशोधन केन्द्र निर्धारित समयमा डिजाइनअनुसार निर्माण हुनेमा विश्वास गरे ।
त्यस्तै आयोजनाका टोली उपप्रमुख प्रेम श्रेष्ठले प्रशोधन केन्द्रको क्षमता १० लाख लिटर प्रति दिन र ११.५७ लिटर प्रति सेकेन्ड रहेको उल्लेख गर्दै हनुमानघा क्षेत्रमा नदीको जलस्तर उकास्न र वातावरणीय अवस्था सुधार्न नदीको तीन स्थानमा होचो बाँध समेत निर्माण गरिने बताए । उनले प्रशोधन केन्द्रको निर्माण ६ मार्च २०२२ बाट सुरु भई १५ महिनामा निर्माण सम्पन्न गरी निर्माण कम्पनीले नै ५ वर्ष सञ्चालन तथा मर्मत सम्भार गर्ने बताए ।


आयोजना प्रमुख चन्द्रकुमार पाँ श्रेष्ठल १ एम.एल.डी. क्षमता भएको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिने र प्रशोधन केन्द्र एम.बी.बी. आर प्रविधिबाट सञ्चालन गरिने जानकारी गराउदै हनुमानघाटस्थित पुरानो फोहर पानी प्रशोधन केन्द्रको आधुनिकीकरण तथा क्षमता अभिवृद्धि गर्न यो आयोजना प्रस्ताव गरिएको बताए । उनले हनुमानघाट फोहर पानी प्रशोधन केन्द्रको कार्यक्रममा भनपा ७ का वडा सदस्य हरिरत्न गोर्खालीले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *