थप ३ हजार २६० जनामा कोरोना संक्रमण, ३२ काे मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २८ साउन

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ४६२ जनामा परीक्षण गर्दा ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पीसीआर विधीबाट १० हजार ६ सय ६ जनाको परीक्षण गर्दा २ हजार ४ सय ७३ र एन्टीजेन बिधीबाट ४ हजार ६५६ जनाको परीक्षण गर्दा ७ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ। त्यस्तै २ हजार २९४ जना कोरोनामुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *