नर्भिकले १४ विशेषज्ञ चिकित्सकसहित शनिबार निःशुल्क ओपिडी संचालन गर्ने

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २३ बैशाख

यस्तै, ४० वर्ष वा सोभन्दा कम उमेरका महिलाहरुमा क्यान्सर पत्ता लगाउने गरी अर्को प्याकेज समेत डिजाइन गरिएको छ। यो प्याकेजमा समेत वैशाख महिनाभरि ३० प्रतिशत छुटको घोषणा गरिएको छ। यसअन्तर्गत ८ वटा विशेष परीक्षण तथा विशेषज्ञको परामर्श सेवासमेत समावेश गरिएको छ। यो प्याकेजको अफर रेट रु. ११००० रहेको छ।

अस्पतालले ४० वर्ष वा सोभन्दा बढी उमेरका पुरुषहरुका लागि समेत क्यान्सर स्क्रिनिङको सुलभ प्याकेज घोषणा गरेको छ। यो प्याकेजको शुल्कमा समेत वैशाख ३१ सम्म ३० प्रतिशत छुट पाइन्छ। यो प्याकेज रु. ५५०५ मै उपलब्ध हुने अस्पतालले जनाएको छ। यसअन्तर्गत ८ खालका विशेष परीक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ।

यसैबीच, निःशुल्क फ्री ओपीडी अभियानअन्तर्गत शनिबार (भोलि) युरोलोजीको २ वटा टिमले समेत अलग अलग सेवा दिने भएको छ।

युरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी शनिबार विहान ८ बजेदेखि १० बजेसम्म निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ।

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रियासमेत यो टिमले गर्नेछ। शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफरसमेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ। यसैगरी बिहान ९ बजेदेखि १०ः३० बजेसम्म युरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपीडी सेवा दिनेछ। मिर्गौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपीडीबाट लाभ लिन सक्नेछन्। निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ।

नर्भिकमा हाल सानो प्वाल बनाई मिर्गौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मिर्गौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधिसमेत उपलब्ध छ। यस्तै, दूरबिनका माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ।
निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधासमेत उपलब्ध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *