भोजपुर, ३ पुस
तपाई निर्वाचित भएर आएपछि गाउँपालिकामा कस्ता कामहरु गर्नु भयो ?
समृद्ध गाउँपालिका बनाउने मेरो उद्देश्य हो । जिल्लाकै नमुना गाउँपालिका बनाउने उद्देश्यले काम गरिरहेका छौ । हामी निर्वाचित भएर आए पछि जनतालाई महसुस हुने खालका केही कामहरु गरिरहेका छौं । खोपानीलाई मुख्य प्रथामिक्तामा राखेका छौ अहिले सम्म ९० प्रतिशत जनताको घरमा खाने पानी पु¥र्याएका छौ । जनताको खानेपानी समस्या देखेर मैले गाडी चड्न सकिन, राज्यले गाडी किन्न दिएको पौसाले जनतालाई खाने पानिको व्यवस्था गरियो ।
अर्काे भनेको हाम्रो गाउँपालिकाले सुत्केरी भेट्ने कार्यक्रम राखेको छ । गाउँपालिका भित्र जो महिला सुत्केरी हुन्छन् गाउँपालिका अध्यक्ष , उपाध्यक्ष, र सम्वन्धीत वडाको वडा अध्यक्ष सहितको टोलि गएर एउटा भाले, दुई के.जी चामल, लगाएत अन्य सुत्केरीलाई आवश्यक प्रर्ने कुरा लिएर जान्छौ । त्यो भेट्ने भनेको उसको पारिवारिक अवस्था कस्तो छ भनेर बुझ्नु हो ।
्आर्थिक अवस्था कम्जोर भएकालाई थप खोकुराको व्यस्था गरेका छौ । उपचार गर्न नसक्नेलाई उपचारका लागि पनि पठाएका छौ । अहिले सम्म ३ आर्थिक अवस्था कम्जोर भएका सुत्केरी महिलालाई काठमाण्डौ सम्म पु¥र्याएर उपचार गरेका छौ । गाउँपालिकाका सवै वडाहरुलाई गाउँपालिका संग जोड्न सडक विस्तारको काम भई रहेको छ । पुराना सडको स्तर उन्नति तथा नयाँ सडक विस्तारको काम अघि बढेको छ । त्यस्तै सामाजिक क्षेत्रमा योग्दान पुर्याउने व्यक्तिलाई राजनितिमा योगदान पुर्याउने व्यक्तिलाई कदर पत्र सहित सम्मान गर्ने विशेष योजनाका साथ काम गरेका छौ ।
गाउँपालिकाले गत आर्थिक वर्षमा पूर्बधारको क्षेत्रमा कस्तो काम गर्याे ?
खानेपानी आयोजनको काम गरियो । जस अन्तरर्गत खोपानीको मुहान सफा गर्ने, संरक्षण गर्ने, नयाँ मुहानको खोजी गर्ने मुहान नभएको ठाउँमा डिपवोरिङ पद्धतीद्धारा पानी निकाल्ने लगाएतका योजनाको काम भयो । सवै वडामा सडक सञ्जालले छोएको छ । ठुला मालबहक गाडी जान सक्ने गरि सडक स्तर उन्नतिको काम भएको छ । विद्युत विस्तारको क्षत्रमा सेमत काम गरिएको छ ।
कृषी तथा पशुपालनको क्षेत्रमा कस्ता योजनाहरु ल्याउनु भएको छ ?
कृषी तथा पशुपालनको क्षेत्रमा हामीले बृहत योजना ल्यायका छौ । गाउँपालिकालाई दुध र जुसमा आत्मा र्निभर बनाउने लक्ष्यका साथ काम अगाडी बढाएका छौ । यो गाउँपालिकामा घाँस प्रस्सत मात्रामा पाईने भएकोले गरिव तथा ईच्छुक प्रत्येक कृषकलाई उन्नत जातको गाई अनुदानमा उपलव्ध गराउने र उत्पादित दुधलाई गाउँपालिकाले संकलन केन्द्रको व्यवस्था गर्ने र बाहिर पठाउने । कृषी क्षेत्रमा भने केही योजनाहरु ल्याएका छौ । यो गाउँपालिकामा सुन्तला, कागती, अलैंची, उखु लगाएत फलफुल उत्पादन हुन्छ । प्रसस्त मात्रामा फलफुल उत्पादन गर्ने र १५ बर्षमा पानीको सट्टामा प्रत्येकको घरमा जुस पीउने अवस्थामा पुर्याउने योजनाका साथ फलफुलका विरुवा समेत वितरण गरेका छौ । गाई पालनको लागि यो वर्ष २० लाख बजेट विनियोजन गरेका छौ ।
शिक्षा क्षेत्रको विकासमा कसरी काम गरिरहनु भएको छ ?
शिक्षाको केन्द्रीय नितिमै समस्या छ । त्यसमा पनि सुधार गर्नु पर्छ । प्रत्येक विद्यालयका शिक्षकलाई अनिवार्य १० देखि ४ बजे सम्म अनिवार्य वस्न निर्देशन गरिएको छ । शिक्षकको सरुवामा पनि विद्यालयको अवस्था हेरेर मात्र सरुवा दिने गरेका छौ । नत्र त्यसका पनि रोक लगाएका छौ । अहिले विद्यालयको भौतिक सुधार कार्यक्रम अन्तरर्गत विद्यालय घेरावार गर्ने भवन निमार्ण तथा मर्मत गर्ने लगाएतका काम भईरहेका छन् । सरोकारवाला पक्ष संग अन्तरक्रिया गर्ने काम गरिरहेका छौ । आगामी दिनमा शिक्षकहरुलाई प्रविधिमैत्री तालिम दिने योजना समेत रहेको छ । शैक्षिक क्षेत्रको सुधारका लागि हामी विस्तृत योजना बनाएर अगाडी वढ्ने योजना वनाएका छौ । यो वर्ष गरिव आर्थिक हिसावले विपन्न ४ जना विद्यार्थीलाई स्नातक तह निशुल्क पढाई दिने गाउँपालिकाले घोषणा गरेको छ ।
स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा कस्ता काम भएका छन् ?
गाउँपालिकाले रोजगारीको लागि त्यस्तो कुनै व्यवस्था गर्न सकेको छैन । सिपमुलक तालिमहरु सञ्चालन गरेपनि उनिहरुलाई रोजगार दिन सकिएको छैन् । तर बृहत कृषी तथा पशुपालन कार्यक्रम सञ्चालन गरेर रोजगारीको सृजना गर्ने योजनामा छौ । स्वास्थ्यको क्षेत्रमा यो गाउँपालिकामा खासै समस्या छैन । सवै स्वास्थ्य संस्थामा डाक्टरको अभाव छैन । स्वास्थ्य संस्थामा मात्र नभएर गाउँगाउँ घर घरमा गएर समेत विरामीको उपचार गर्ने व्यवस्था मिलाएका छौ । त्यस्तै सरकारले उपलब्ध गराउने बाहेकका केही आवश्यक औसधी गाउँपालिकाले नै खरिद गरेर स्थानियलाई सेवा दिने व्यवस्था गरेका छौ । गाउँपालिका वासिले सवै खालको सेवा पाउन भनेर गाउँपालिकामानै बृहत शिविरहरु समेत सञ्चालन गरेका छौ ।
विकास बजेटमा समस्या तथा चुनौतीहरु के छन् ?
जनताको अपेक्षा धेरै छन् मुख्यत विकास बजेटमा कमी आउनु नै मुख्य समस्या हो । केन्द्र तथा प्रदेश सरकारले पनि कमै मात्र बजेट दिएको छ त्यसले पनि सोचे जस्तो काम गर्न सकिएको छैन् । समयमा काम सक्नलाई म आफै पनि अनुगमनमा गएको छु । प्रदेश तथा केन्द्र सरकारका बाहेक सवै योजना समयमा नै सम्पन्न भएका छन् । प्रदेश तथा केन्द्र सरकारका योजनाहरु भने छुटै रुपमा सञ्चालन हुने भएकाले केही समस्या देखिएको छ ।
यस गाउँपालिकाले ल्याएका विशेष योजना के कस्ता छन् ?
गाउँपालिकाले यहाँ रकेका विपन्न, गरिव तथा पीछाडिएका कुनै पनि व्यक्ति राज्यको पहुुँमा पुगोस भन्ने उद्देश्यले राज्यबाट छुटका लाई मासिक ५ सय भत्ता दिने व्यवस्था मिलाएको छु । अज्ञानताका कारण पहिला नागरिकता बनाउदा उमेर घटाएर नागरीकता बनाएका तर अहिले सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चीत बृद्ध बृद्धालाई भत्ता दिने व्यवस्था .मिलाएको छु । गाउँपालिकाका स्वयम सेवीकाहरुलाई प्रोत्साहान स्वरुप १ हजार ३५९ भत्ता दिने व्यवस्था मिलाएको छु । त्यस्तै गरिव तथा विपन्नलाई जुत्ता समेत दिने व्यवस्था मिलाएको छु । मेरो मुख्य उद्देश्य भनेको कुनै पनि जनता राज्यले दिने सेवाबाट बञ्चित हुनु नपरोस ।
गाउँपालिकाको आगामी बर्षका थप योजनाहरु के के छन् ?
खास नयाँ त्यस्ता योजानाहरु केही छैन पर्यटनको क्षत्रमा योजना बनाएर काम गर्नु छ । निमाणाधिन सडकहरुको स्तरउन्नति गर्ने , सवैको घरमा खाने पनीको व्यवस्था गर्ने विद्युत विस्तारको कामलाई प्रथामिक्ताका साथ काम गर्ने आगामी १५ बर्षमा जुस युक्त गाउँपालिका बनाउने लक्ष्यका साथ काम गर्ने योजना छ । त्यस्तै गरि धनकुटा र भोजपुरको सिमानामा पर्ने लेगुवा भोजपुरको गेट बनाउने पनि आगामी योजनामा राखिएको छ । कृषहरुलाई जंगली जनावर बाँदर दुम्सीले धेरै दुख दिएको छ यसको नियन्त्रणमा लाग्ने योजना बनाएका छौ । गाउँपालिकाको तल्लो क्षेत्रमा कृर्षकलाई आत्मार्निभर बनाउन माछा पालनको लागि काम भई रहेको छ ।