पछिल्लो २४ घण्टामा १९ हजार १२३ नमुना परीक्षण गर्दा ४९०४ जनामा संक्रमण, ३५ जनाकाे मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैंं, २६ साउन

 पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १९ हजार १२३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार २१७ जनाको पिअिसार परीक्षण गर्दा ३ हजार १९४ र र ५ हजार ९०६ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ७१० जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर २ हजार  ११५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३३ हजार ९८५ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ३४७ भने ७६१ जना आइसियुमा र १८१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३८१  जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *