दलित सामुदायका लागी पक्की घर निर्माण हुने

समाचार

रौतहट १० बैशाख


रौतहटको दुर्गाभगवति गाँउपालिकामा दलित सामुदायका लागी पक्की घर निर्माण हुने भएको छ । दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहिया गाउँको उत्तरमा रहेको कैलाश पोखरीको नजिकमा रहेको ३ कट्ठा जमिनमा घर बन्ने भएको हो । गाँउपालिकाको ३६ लाखको सहयोगमा पक्की घर निर्माण गर्न लागिएको दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुणकुमार साहले बताए । डुम समुदायको ६ जना परिवारलाई बसोबास गराउने उदेश्यले बनाउन लागिएको घर नमुना योग्य हुने उनको भनाई छ । प्रत्येक घर दुई वटा सुत्ने कोठा एक भान्सा तथा एक हल शौचालयको सुविधा रहेको उनले जानकारी दिए । घर निर्माणसंगै उतm स्थानमा एउटा सामुदायिक भवन पनि निर्माण गरिने उनले बताए । यसै आर्थिक मसान्त भित्र सम्पन्न हुने लक्ष्य रहेको बताउँदै यस कार्यमा सहयोग गर्न समेत उनले सवैलाई आग्रह गरे । घरविहिन भई सडकको किनारमा फुसको टहरा बनाएर बर्षौ देखि बसोबास गरिरहेका डुम समुदायका लागी घर बन्ने भएपछि स्थानीय समेत हर्षित भएका छन् । गाउँ बाहिर रहेका डुम, मुसहर, तथा जग्गा विहिनहरुका लागि बसोबास गराउने योजना रहेको जानकारी दिदै उनले एकीकृत नमूना बस्ती बनाउने लक्ष्य रहेको बताए । निर्वाचनको समयमा मतदाता समक्ष गरेका प्रतिबद्धताहरुलाई क्रमश. पुरा गर्दै जाने अध्यक्ष शाहले बताए । अध्यक्ष शाहका अनुसार एकीकृत नमूना बस्तीमा बसोबास गर्ने उक्त समुदायका बालबालिकाहरु अनिवार्य रुपमा विद्यालय जानुपर्ने, र समुदायका लागि परम्परागत पेशालाई नयाँ ढंगबाट आधुनिकीकरण गरी उनीहरुको आय आर्जनमा वृद्धि गराउने राखेको बताए । डुम समुदायको लागि शिलान्यास गरिएपछि गाउँ भन्दा बाहिर सडक किनारमा बसोबास गरिरहेका ति समुदायको अव आफनै पक्की घर हुने भएपछि हर्षित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *