देशभर कोरोना संक्रमितको संख्या १७ हजार नजिक, कुन जिल्लामा कति?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २९ असार

सोमबार साँझसम्म देशभर संक्रमितको १६ हजार ९ सय ४५ जना पुगेको छ। गत २४ घन्टामा मात्र १ सय ४४ नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २९ वटा जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै संक्रमितको संख्या रौतहटमा छ। रौतहटमा मात्रै १ हजार ४ सय ७७ संक्रमित पुगेको मन्त्रालयले जनाएको छ।

कैलालीमा ९२२, दैलेखमा ८१७, कपिलवस्तुमा ७६५, महोत्तरीमा ७६३, सर्लाहीमा ७०६, दाङमा ६५०, अछाममा ६२६, बाजुरामा ६१६, डोटीमा ५७८, पाल्पामा ५५५, धनुषामा ५४२, सुर्खेतमा ५१०, कञ्चनपुरमा ४४७, रुपन्देहीमा ३२२ संक्रमित भेटिएका छन्।

देशभर १८ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ। ३० जिल्लामा संक्रमितको संख्या सयभन्दा कम छ।

कुन जिल्लामा कति संक्रमित भेटिए?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला 

रौतहट – १४७७
कैलाली – ९२२
दैलेख – ८१७
कपिलवस्तु – ७६५
महोत्तरी – ७६३
सर्लाही – ७०६
दाङ – ६५०
अछाम – ६२६
बाजुरा – ६१६
डोटी – ५७८
पाल्पा – ५५५
धनुषा – ५४२
कञ्चनपुर – ४४७
सुर्खेत – ५१०
रुपन्देही – ३२२
बाँके – ३८५
गुल्मी – ३६०
डडेल्धुरा – २८२
अर्घाखाँची – ३३९
झापा – ३०२
सप्तरी – ३२२
प्युठान – ३२८
बैतडी – २७६
नवलपरासी पूर्व – २९१
सल्यान – २४३
सिरहा – २४१
काठमाडौं – २३५
स्याङजा – २०९
बागलुङ – २२३

५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १६८
बर्दिया – १९७
मोरङ – १९३
बारा – १२९
धादिङ – १३७
सुनसरी – १०६
नवलपरासी पश्चिम – ११४
तनहुँ – १६३
उदयपुर – ८१
गोरखा – ११५
पर्वत – ९५
बझाङ – १६९
चितवन – १०५
कास्की – ८६
कालिकोट – ६१
सिन्धुपाल्चोक – ६३
लमजुङ – ७०
ललितपुर – ७६

१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४२
रामेछाप – ३५
मकवानपुर – ३१
दार्चुला – २०
नुवाकोट – २६
जाजरकोट – १६
सिन्धुली – १९
धनकुटा – ८
भक्तपुर – ४५
भोजपुर – ६
म्याग्दी – २८
ताप्लेजुङ – ११
रुकुम पूर्व – ५
तेह्रथुम – ४
पाँचथर – ७
दोलखा – १०
संखुवासभा – ६
इलाम – १८
हुम्ला – २
मुगु – ६
डोल्पा – ५
रुकुम पश्चिम – ३३
सोलुखुम्बु – २
खोटाङ – १४
मनाङ – १
रोल्पा – ५०
काभ्रेपलाञ्चोक – १७
मुस्ताङ – १
ओखलढुंगा – ६
रसुवा – ११

Leave a Reply

Your email address will not be published. Required fields are marked *