पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १५ असार

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७४८ जनामा गरिएको परीक्षणमा २ हजार ६३६ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार ७ हजार २५९ जनामा आरटी पीसीआर र ४ हजार ४८९ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ हजार ७२८ र एन्टिजेनबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो।

साेही अवधिमा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ९ हजार ७१ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना संक्रमित कोरोनामुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *