भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा उज्जवल चालिसे नियुक्त

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
भक्तपुर, १५ चैत
भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा उज्जवल चालिसे नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै डा चालिसेलाई क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्। डा चालिसेलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो।

डा चालिसे भक्तपुर अस्पतालमा नै कार्यरत छन्। उनलले कार्यकारी निर्देशक पदको नियुक्ती पत्र बुझिसकेका छन्। डा चालिसेले यसअघि पनि निमित्त निर्देशकको जिम्मेवारी पाएका थिए।

क्यान्सर अस्पतालमा यसअघि डा ऋषिकेश नारायण श्रेष्ठ निर्देशक थिए। डा श्रेष्ठले उमेरका आधारमा बुधबारबाट अवकाश पाएका हुन्। डा श्रेष्ठले अवकाश पाएपछि मन्त्रालयले रिक्त रहेको स्थानमा डा चालिसेलाई जिम्मेवारी दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *