उपत्यकामा थपिए ७६४ जना संक्रमित

न्यूज अपडेट काठमाडाैं, २७ जेठ पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५४० जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १२५ जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार देशभर थप ३,७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५९ जनाको कोरोना संक्रमणबाट […]

Continue Reading

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

न्यूज अपडेट काठमाडाैं, २७ जेठ सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो । सर्वोच्चले संघीय संसदबाट यदि पारित हुन नसकेमा अध्यादेश बमोजिम वितरित नागरिकताको प्रमाणपत्रमाथि कानुनी जटिलता उत्पन्न हुने भन्दै […]

Continue Reading

७ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

न्यूज अपडेट काठमाडाैं, २७ जेठ मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३७४९ जना संक्रमित, ५९ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २७ जेठ पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९  जना व्यक्ति कोरोना संक्रमित भएका छन्। हालसम्म  पिसिआर परीक्षण गर्दा ६ लाख १ हजार ६८७ र एन्टीजेन परीक्षण गर्दा १७ हजार ७१४ जना व्यक्ति संक्रमित पुष्टि भएका छन्। तीमध्ये  ५ लाख १५ हजार ५९१ ज्ना व्यक्ति निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]

Continue Reading

स्वास्थ्यमन्त्री तामाङको सम्पति कति?

न्यूज अपडेट काठमाडाैं, २७ जेठ स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन्। मन्त्री नियुक्त भएको केही दिनमै तामाङले आफ्नो सम्पति विवर‌ण सार्वजनिक गरेका हु्न्। सोमबार (जेठ २४ गते) नै सार्वजनिक गरिए पनि मन्त्री तामाङको सम्पति विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार उपलब्ध गराएको छ। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार […]

Continue Reading

आज सूर्यग्रहण : नेपालमा बार्नु नपर्ने

न्यूज अपडेट काठमाडाैं, २७ जेठ आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकोले यसलाई बार्नुपर्ने आवश्यकता छैन । जेठ महिनाको अमावश्यमा […]

Continue Reading