घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य

विशेष समाचार समाचार

काठमाडौं, १७ मंसिर


सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २/२ रुपैयाँ घटाएको निगम सञ्चालक समितिका सदस्य अरिबन्द अग्रवालले जानकारी दिए ।

भारतीय आयल निगमले आइतबार शनिबार पठाएको नयाँ मुल्य सूचीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँमा किन्न पाइनेछ । यस्तै डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँमा झरेको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ ।

यो समायोजन पश्चात् पनि भारतको रक्सौल भन्दा नेपालको वीरगंजतर्फको सीमा मूल्यमा पेट्रोलमा १२।३२ रुपैयाँ प्रतिलिटरले र डिजेलमा १५।७१ रुपैयाँले सस्तो हो ।

निगमलाई यो आथिर्क वर्षमा मात्र ३ अर्व ८४ करोड घाटा भइसकेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । खरिद मूल्य अत्याधिक बढेको बखतमा पनि नेपाल सरकार तथा सम्बन्धित संसदिय समितीको चाडवाडको बेला पेट्रोलियम पदार्थको मूल्य नबढाउन अनुरोध भएपछि निगमले मूल्यवृद्धि गरेको थिएन ।

अब निगमलाई पेट्रोलमा प्रतिलिटर ११।४४ रुपैयाँ नाफा छ । डिजेलमा प्रतिलिटर ५।८१ रुपैयाँ छ । ग्याँसमा भने प्रति सिलिण्डर २८४।८३ रुपैयाँ घाटा छ । समग्रमा निगमलाई आगामी १५ दिनमा करीब ५६ करोड ५८ लाख नाफा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *