उपत्यकामा खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी, सवारी चलाउने-नचलाउने अलमल

न्यूज अपडेट काठमाडाैं, ५ असार स्थानीय प्रशासनले थप केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छ । तर जोर बिजोरका आधारमा सवारी साधन चल्न दिने कि नदिने भन्ने टुंगो भइसकेको छैन । निषेधाज्ञाबारे छलफल गर्न आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समिति (डिसीसीएमसी)को बैठक बस्दैछ । डिसीसीएमसीको बैठकपछि […]

Continue Reading

विश्व बैंकले नेपाललाई दियो ९८२ थान अक्सिजन कन्सेन्ट्रेटर

न्यूज अपडेट काठमाडाैं, ५ असार  विश्व बैंकले नेपाललाई ९८२ थान १० लिटर क्षमताका अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरेको छ। कोरोना महामारीविरुद्ध उपचार तथा दीर्घकालीन अक्सिजन आपूर्ति क्षमता बढाउनका लागि उक्त सहयोग गरिएको बैंकले जानकारी दिएको छ। विश्व बैंकको आर्थिक सहयोगमा यूएनओपीएसमार्फत् ल्याइएको अक्सिजन कन्सेन्ट्रेटर बुझ्ने क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले छोटो समयमा ती सामग्री ल्याउन […]

Continue Reading

पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ५ असार पछिल्लो २४ घण्टामा २ हजार ४ सय १ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार १० पीसीआर र ४ हजार ६ सय ८६ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख […]

Continue Reading

गत २४ घण्टामा ३६६० जना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, ५ असार गत २४ घण्टामा देशभर ३ हजार ६ सय ६० जना कोरोना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर गरिएको ७ हजार १० पीसीआर र ४ हजार ६ सय ८६ जनाको एन्टीजेन परीक्षणका […]

Continue Reading

स्तनपान गराइरहेका नर्सलाई २ वर्षसम्म र ५० वर्ष पुगेकालाई रात्रीकालिन ड्युटीमा खटाउन नपाइने

न्यूज अपडेट काठमाडाैं, ५ असार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० वर्ष उमेर पुगेका र स्तनपान गराइरहेका नर्सलाई २ वर्षसम्म अस्पतालमा रात्रीकालिन ड्युटी नगराउन पत्र काटेको छ।  मन्त्रालयले सम्बन्धित स्वास्थ्य संस्थालाई उक्त कुरा लागू गर्न जिम्मा दिएको छ। नेपाल नर्सिङ संघले  २०७७ कात्तिक २६ गते नर्सिङ जनशक्तिको ड्युटी सम्बन्धमा आवश्यक पहल गर्न आग्रह गर्दै ५० वर्ष उमेर […]

Continue Reading

कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन

न्यूज अपडेट काभ्रेपलाञ्चाेक, ५ असार कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गर्न थालिएको छ। काठमाडौको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा घण्टौँ पालो कुर्नुपर्ने अवस्था आएपछि वैकल्पिक शव व्यवस्थापनस्वरुप काभ्रेपलाञ्चोकमै व्यवस्थापन शुरु गरिएको जनाइएको छ। जिल्लास्थित कोभिड-१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि जिल्लामै शव व्यवस्थापन गर्न गत महिना […]

Continue Reading