पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ कोरोना संक्रमित निको भए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, १५ असार

गत २४ घण्टाभित्र नेपालमा थप चार हजार ३४८ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।

विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या पाँच लाख ९२ हजार ५३५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *