मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि आईपीओ निष्काशन गर्ने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ असार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख […]

Continue Reading

भक्तपुर क्यान्सर अस्पतालकी डा. चाँदनी वैद्य श्रेष्ठको निधन

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ असार फाइल तस्वीर भक्तपुर क्यान्सर अस्पतालमा प्यालिएटिभ केयर (दुखाइ कम गर्ने) सेवाको सुरुवात गर्ने डा‍. चाँदनी वैद्य श्रेष्ठको ५३ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित डा‍. श्रेष्ठको त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको उनका आफन्त समेत रहेका प्रसुति गृह थापाथलीका पूर्व निर्देशक […]

Continue Reading

भक्तपुर नपाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको दशौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । सभामा नगर प्रमुख प्रजापतिले जनप्रतिनिधिहरुले जनपक्षीय कार्य गरेमा जनताले साथ दिने उल्लेख गर्दै काम गर्दा भएका कमी कमजोरीहरुलाई सच्याई ५ वर्षे कार्यकालको अन्तिम वर्षलाई अझ […]

Continue Reading

आन्तरिक हवाई उडान १७ असारबाट, अन्तर्राष्ट्रियको उडान तालिका सार्वजनिक

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ असार मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ । उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई दिएको थियो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ जुलाई अर्थातः १७ असारबाट आन्तरिकतर्फका नियमित उडान […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३ हजार ५५८ संक्रमित निको भई डिस्चार्ज भए

न्यूज अपडेट काठमाडाैं, ९ असार पछिल्लो आज देशभर ३ हजार ५५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म ५ लाख ६८ हजार ४४० जना संक्रमित निको भइसकेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४१४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य […]

Continue Reading

आज देशभर २ हजार ४२१ जनामा कोरोना संक्रमण, ५२ जनाकाे मृत्यु

न्यूज अपडेट काठमाडाैं, ९ असार आज देशभर २ हजार ४२१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४१४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ४६१ जना पिअिसार परीक्षण गर्दा १ […]

Continue Reading