काठमाडौं उपत्यकामा ८ हजार ५०८ सक्रिय संक्रमित, हालसम्म २ हजार ७६९ संक्रमितको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १४ असार

काठमाडौं उपत्यकामा हालसम्म २ लाख ६२ हजार ८०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ लाख ५१ हजार ५२७ जना संक्रमित निको भईसकेका छन्।

काठमाडौंमा २ लाख ३ हजार ४९७, भक्तपुरमा २२ हजार ८२ र ललितपुरमा ३७ हजार २२५ जना व्यक्ति संक्रमित भएका छन्।

काठमाडौँंमा हालसम्म १ लाख ९७ हजार २३८, भक्तपुरमा १९ हजार ९८८ र ३४ हजार ३०१ जना व्यक्ति संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यका आज ८ हजार ५०८ जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौंमा ४ हजार ३९१, भक्तपुरमा १ हजार ३८५ व्यक्ति सक्रिय संक्रमित रहेका छन्।

हालसम्म काठमाडौं उपत्यकामा २ हजार ७६९ जना संक्रमितको मृत्यु भएको छ। जसमध्ये १ हजार ८६८ काठमाडौंमा, ३६२ भक्तपुरमा र ५३९ जना ललितपुरमा कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयको आइतबार अपरान्ह ४ बजेको तथ्यांक अनुसार आइतबार काठमाडौंमा २९२, ललितपुरका १०० तथा भक्तपुरका ३२ जनामा संक्रमण पुष्टि भएको थियो। भने देशभर १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

देशभर हालसम्म ६ लाख ३३ हजार ६७९ व्यक्ति संक्रमित भइसकेका छन् भने ५ लाख ८४ हजार ३३४ जना संक्रमित निको भइसकेका छन्। हालसम्म नेपालमा संक्रमणका कारण ९ हजार ९ जना संक्रमितको मृत्यु भइसकेको छ।

आज नेपालमा ४० हजार ३३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *