शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमाथि कारबाही गर्ने मन्त्रालयकाे चेतावनी

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १४ असार

सरकारले शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमाथि  कारबाही गर्ने चेतावनी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क लिएर खोप लगाउनेमाथि कारबाही गर्नेचेतावनी दिएका हुन्।

‘सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क विवरण गर्दै आइरहेको छ,’ सूचनामा भनिएको छ,‘त्यसैले कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा वा त्यस्ता ठगी गर्नेको जानकारी तुरुन्तै स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गरौैं।’

यस्तै, मन्त्रालयले पैसा तिरेर खोप किन्न हतार नगर्न अनुरोधसमेत गरेको छ। नेपालमा हालसम्म २५ लाख ८७ हजार ८७३ जनालाई पहिलो डोज र सात लाख ५२ हजार ११० जनालाई दोस्रो डोज प्रदान गरिएको छ।

कोभिशिल्ड र भेरोसेल खोप लगाइएको छ। यही असार २२ गतेबाट पुनः ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो मात्राको खोप लगाइँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *