थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १८०३ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
कठमाडाैं, ८ मंसिर

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १८ सय नाघेको छ। गत २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि मंगलबार ३ जना संक्रमितको मृत्यु भएको थियो।

गत २४ घण्टामा ६ हजार ५ सय ५९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९० हजार ७ सय ४० पुगेको छ। हाल ४ सय ९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *