मध्यपुरको दिगुटोलमा रक्तदान

समाचार स्वास्थ्य

भक्तपुर, १२ जेठ  ।

मध्यपुर थिमी नगरपालिका वडा नं. ५ स्थित दिगुटोलमा शनिवार महिला समूहले रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा १५ जना महिलासहित ३१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा सोहीस्थानका ४७ वर्षीया धनकेशरी प्रजापतिले १२औं पटक रक्तदान गरेको आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *