चार दिनसम्म जोर विजोर प्रणाली

विशेष समाचार समाचार

काठमाडौं, ११ मङ्सिर

काठमाडौं उपत्यकामा मंसिर १३ देखि १६ गतेसम्म सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाणी लागू गरिने भएको छ ।

मंसिर १४ देखि काठमाडौंमा सुरु हुने ‘एसिया प्यासेफिक समिट’मा सहभागी हुन विभिन्न देशका अतिविशिष्ट, विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यवस्थित बनाउन जोरबिजोर प्रणाली लागू गर्न लागेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । समिट १४ देखि १७ गतेसम्म हुँदैछ । महाशाखाले निकालेको सूचनाअनुसार १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बर प्लेटका सवारी साधन चल्न पाउने छन ।

तर, अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागू हुने छैन । सवारी साधनको अन्तिम अंकको आधारमा जोरबिजोर प्रणाली लागू गरिएको ट्राफिक महाशाखाले प्रस्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *