अहिलेकै अवस्थामा सार्वजनिक यातायात सञ्चालन गर्न सकिन्न: यातायात व्यवसायी राष्ट्रिय महासंघ

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ असार

यातायात व्यवसायीले अहिलेकै अवस्थामा सार्वजनिक यातायात सञ्चालन गर्न नसकिने निर्णय गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको बैठकले सार्वजनिक यातायात चलाउन नसकिने निष्कर्ष निकालेको छ ।

सरकारले यातायात व्यवसायीसँग सामान्य समन्वय समेत नगरी एकतर्फी रूपमा यातायात सञ्चालन गर्ने निर्णय गरेको तथा यातायात व्यवसायीका माग सम्बोधन गर्न आनाकानी गरेकाले बाध्य भएर सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

‘लामो समयसम्म थन्काएर राखिएका सवारीसाधन मर्मत बिना पुनः सञ्चालन गर्न नसकिने एवं मर्मतको लागि हुने खर्चमा सहुलियतका साथै बैंकको ॠण, ब्याज आदिमा सहुलियत नदिएसम्म यातायात सञ्चालन गर्न नसकिने भएकोले सरकारले सहुलियत प्रदान नगरेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न नसकिने निर्णय भएको छ ।’ महासचिव सिटौलाले जानकारी दिए ।

यो सँगै सार्वजनिक यातायातका चालक र सहचालकलाई कोरोना बीमाको ग्यारेन्टीका साथै सरकारले ॠणको किस्ताको पूनर्मुल्यांकन गर्नुपर्ने, ब्याजदरमा सहुलियत दिनु पर्ने, पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने लगायतका मागको सम्बोधन बिना सार्वजनिक यातायात सञ्चालन गर्न नसकिने ठहर गरिएको समेत महासचिव सिटौलाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *