पछिल्लो २४ घण्टामा ६५७० संक्रमित निको भए, निको हुनेदर ८४ दशमलव ७ प्रतिशत

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २५ जेठ

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५७० जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८४ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमित निको भइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५  जनाको पिसिआर र  ५ हजार ६११  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ३ हजार ८७०  जना र एन्टीजेटमार्फत १ हजार २८३ जना संक्रमित पुष्टि भएका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९८ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ५७० जना संक्रमित निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *