कोरोना अपडेट : संक्रमितको संख्या २ करोड २० लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३ भदाै

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड २० लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड २० लाख ५९ हजार ३ सय जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५४ लाख ८१ हजार ५ सय ५७ पुगेको छ। त्यस्तै  ब्राजिलमा ३४ लाख ७ हजार ३ सय ५४,भारतमा २७ लाख २ हजार ७ सय ४२  र रुसमा ९ लाख ३० हजार २ सय ७६ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख ७२ हजार  नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार ७ लाख ७९ हजार ४ सय ४३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा १ लाख ७१ हजार ७ सय ९३, ब्राजिलमा १ लाख ९ हजार ८ सय ८८,  मेक्सीकोमा  ५७ हजार ७ सय ७४ ,बेलायतमा ४१ हजार ४ सय ६६ , इटालीमा ३५ हजार ४ सय ५ जनाको मृत्यु भएको छ।

विश्वभर एक करोड ४० लाख ४२ हजार ८ सय ९७ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।

बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २७ लाख ३५ हजार ६४,अमेरिकामा १८ लाख ९८ हजार १ सय ५९,रुसमा ७ लाख ४१ हजार ४५ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि २८ हजार २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १७ हजार ५ सय ८० जना संक्रमणमुक्त भएका छन् भने १ सय १६ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या  २७ लाख २ हजार ७ सय ४२ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ५१ हजार ७ सय ९७  पुगेको छ। भारतमा हालसम्म १९ लाख ७७ हजार ७ सय ७९ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म २ लाख ८९ हजार ८ सय ३२ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार १ सय ९०  जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ६९ हजार ९सय ८९  जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ३ सय ४४ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ७ सय ४० जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  १ लाख ६२ हजार ८ सय २५ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३७ हजार ५ सय ९९ पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय ७५ जनाको मृत्यु भइसकेको छ भने २७ हजार १ सय ६६ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ६ हजार ७९ जना रहेको छ। मृत्यु हुनेको संख्या २४ छ भने उपचारपछि निको हुनेको संख्या ३ हजार ६ सय ४८ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या २ हजार ९ सय २ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ७ सय ५५ रहेको छ।

भुटानमा संक्रमितको संख्या १४६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १०३ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *